इटहरी । कोरना कहरका समयमा बेड र अक्सिजन अभावका कारण उपचारमा समस्या नहोस भनेर रोटरी क्लव अफ इटहरीले अक्सिजन सिलिण्डर र वेड हस्तारन्तरण गरेको छ ।

इटहरीको विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै आएको रोटरी क्लवले कोभिड सक्रंमित तथा अन्य विरामीको उपचारका लागी इटहरी वाहिर लाननपरोस भनेर अक्सिजन सिलिण्डर , वेड र उपकरण हस्तान्तरण गरेको हो । 203606131_571879397314713_9103770506086146841_n

हस्तान्तरण कार्यक्रममा  डिष्ट्रिक ३२९२ पुर्व डिष्ट्रिक गभर्नर जयलक्ष्मी राज्य शाहको सहकार्य तथा इटहरीका रोटरियनहरुको सहयोगमा  इटहरी अस्पताललाई ४ वटा हस्पिटल वेड र डायलोससि मेसिन चार वटा इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ । 204127922_842707629980910_9006833530884205302_n

तेस्तै इटहरी १० स्थित आइसोलेसनका लागी पाँच वटा अक्सिजन सिलण्डर र दुइवटा अत्याधुनिक अक्सिजन उधोग वाणिज्य सघं इटहरीका अध्यक्ष भिम पौडेललाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष विजु बहिनी श्रेष्ठले जानकारी दिइन  ।  

हस्तान्तरण कार्यक्रममा  पुर्वअध्यक्षहरु लक्ष्मी मादेन,लक्ष्मी धिताल,अनन्त विष्ट, रोटरियन माधव न्यौपाने,नटवर राठी,संजोग पराजुली लगायतको सहभागिता रहेको थियो ।