धनकुटा  । गरिव दुखि अशक्तको आहारा मास्टर बुद्द उनै हुन सहारा भन्ने नाराका साथ धनकुटामा बोधिसत्व बिहार काठमाडौंले उपकरणका साथमा स्वास्थ्य सामाग्रि निःशुल्क उपलब्ध गराएको छ । 

नोवेल कोरोना भाईरस कोभिड १९ ले बिश्व आक्रान्त बनेको यस विषम परिस्थितिमा महामारीबाट नेपालका पनि धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । 

 उक्त महामारीबाट धनकुटा जिल्ला पनि अछुतो भने रहन सकेन । 

 यस महामारीलाई मध्यनजर गर्दै कोभिड १९ को संक्रमणबाट बच्न र बचाउनका लागि जिल्लामा जिल्ला भित्रका र बाहिरि जिल्लाका विभिन्न संघ संस्थाहरूले स्वास्थ्य सामाग्रि वितरण गरिरहेका छन्  । 201229603_537303754115647_470063045615925371_n

 सोहि अवसरमा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ, राष्ट्रिय कलाकार दिपक प्रसाद आचार्य, समाजसेवी अभि श्रेष्ठलगायतको बिशेष पहलमा ४० लाख बराबरको बोधिसत्व बिहार, काठमाडौले निःशुल्क स्वास्थ सामाग्री उपलब्ध गराएको हो । 

  उपलब्ध गराएका उपकरण र स्वास्थ्य सामाग्रि धनकुटा जिल्ला अस्पताल, जिल्लाको  धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र  महालक्ष्मी नगरपालिका लगायतका पालिका स्तरीय स्वास्थ्य चौकि, स्वास्थ केन्द्र लगायतमा आषाढ (७, ८ र ९  गते बितरण गरिएको संघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वितरण गरिएका उपकरण स्वास्थ्य सामाग्रिहरूमा अक्सिजन कन्टेनर १२ थान, पिपिई ५५० थान, केएन ९५ मास्क २ हजार ५ सय थान, सर्जिकल मास्क ५ हजार ५ सय थान, टप ग्लोव १ हजार १ सय थान, प्लस अक्सिमिटर ४४ थान, थर्मलगन ११ थान, फेससिल्ड ५ सय ६० थान, चश्मा१ सय १० थान, ग्लोकोमिटर ११ थान, विपि सेट ११ थान, हेयर क्याप १ हजार १ सय थान, हेण्डवास २ हजार २ सय लिटर, मेडिसिन बक्स २२ थान, सेनिटाईजर २२० लिटरलगायत रहेका छन् ।