धनकुटा । धनकुटा नगर कार्यपालिकाको कार्यालयमा रहि पदीय हैसियतले तोकिएको जिम्मेवारी, ईमान्दार, कर्तब्यनिष्ठ एवं प्रभावकारी तवरले सम्पादन गरि कार्यालयको सेवा ीप्रिवाहको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने तीनजना उत्कृष्ट कर्मचारीलाई नगद सहित धनकुटा नगरसभाको आठौं अधिवेसनको अवसरमा सम्मान पत्रका साथ सम्मान गरिएको छ । 
सम्मानित हुनु हुने उत्कृष्ट कर्मचारीहरूमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, स्वास्थ्य संयोजक भोजराज भण्डारी, नगरपालिकाका ओभरसियर विष्णु पोदार रहनु भएको छ । प्रथम पुरस्कार प्रमुख प्रशासकीय अधिकृत थापालाई, उहाँहरूलाई नगद ३० हजार, दोस्रो पुरस्कार स्वास्थ्य संयोजक भण्डारीलाई जगद २० हजार र तेस्रो पुरस्कार सव ईन्जिनियर पोदारलाई नगद १५ हजार पुरस्कार सहित सम्मान गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।




















