धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १ को सालबोटे  टोल गतबर्षको मनसुनको प्रभावबाट बिस्तारै पहिरोले तानिरहेको अवस्थामा छ ।

  उक्त बस्ती स्थानान्तरण गर्नु आवश्यक देखिएकाफे यस अघिनै यस बस्तीमा रहेका २७ परिवारलाई अन्य ठाउँमा स्थानान्तरणको लागि सिफारिस भईसकेको छ।

बस्ती सार्नकालागि संघिय सरकारबाट आवश्यक रकम विनियोजन भई बस्ती सार्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी  बासुदेव दाहालले जानकारी दिनुभयो । 

 साँगुरीगढी गाउँपालिकाले राहतको प्याकेज घोषणा गरि चाडै उक्त बस्तीलाई व्यवस्थित गरिने साँगुरीगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताउनुभयो ।199756071_992618971277943_83727157219276108_n

जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा रहनको  लागि जिल्ला विपद्  व्यवस्थापन समिती, स्थानीय सरकार र रेडक्रसको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिबाट वडा, पालिकाले वितरण गर्ने गरि पठाईएको सामाग्रि वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो ।

वितरण गरिएका सामाग्रिहरूमा  पहिरो प्रभावित २७ परिवारलाई प्लास्टिक त्रीपाल दुईथानका दरले वितरण गरिएको हो ।  

उक्त कार्यक्रममा वडाअध्यक्ष तिलक बहादुर लिम्बू, वडा सदस्य इन्द्र कुमारी योन्जन, स्थानीय बुद्धिजीवीहरु पितृमान लिम्बू, दुर्गा इवाहाङ, गोबिन्द लिम्बू, रेडक्रस उपशाखा बुढीमोरङ्गका सदस्य धनकुमारी लिम्बूलगायतले सामाग्रि बितरण गर्नु भएको नेपाल रेडक्रस सासाईटी धनकुटा जिल्ला शाखाले जनाएको छ ।