धनुकटा । साँगुरीगढी गाउँपालिका भेडेटार धनकुटाले आगामि आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम सहित ४५ करोड ३ लाख ३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ ।
गाँउपालिकाको नवौँ गाँउ सभा मार्फत विहिबार गाँउपालिकाको उपाध्यक्ष विन्द्र राईले कोभिड १९ को माहामारी रोकथाम तथा संक्रमणको उच्च जोखिमलाई प्राथिमकता राख्दै साँगुरीगढी गाउँपालिका पर्यटन कृषि र पुर्वाधारको विकास, साँगुरीगढी सम्बृद्धिको आधार भन्ने नारालाई अवलम्बन गर्दै तयार पारेको निति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको हो ।
गाँउपालिकाले कोभिड १९ महामारी लगायतका संक्रमक रोगबाट सिर्जना हुने जोखिमलाई न्युनीकरण गर्न, रोगको रोकथाम, नियन्त्रण र उपचारकालागि गुणस्तरीय स्वास्थ्य सेवा, पुर्वाधार विकास, औषधी एवं उपकरण, औषधीको व्यावस्था, परीक्षणको दायरा बृद्धि, क्वारेन्टाइनको व्यावस्था, कोभिड अस्पताल निर्माण तथा स्वास्थ्य कर्मीको सेवा विस्तार,कालागि उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा ३३ लाख ८८ हजार विनियोजन गरेको छ ।
प्रदेश सरका, केन्द्र सरकार लगायत अन्य निकायसँगको साझेदारीमा भौतिक पुर्वाधारहरु निर्माण तथा सीपमुलक कार्यक्रम सञ्चालनकालागि समपुरक कोषमा १ करोड २० लाख विनियोजन गरको छ ।
कोभिड १९ का कारण आर्थिक मन्दी भई आन्तरीक तथा बाह्य देशमा रोजगारी गुमाएकालाई रोजगारको अवसर उपलब्ध गराउन, मन्द आर्थिक व्यावस्थालाई पुनरुत्थान गर्न, सहकारीको रोजगारी सिर्जना गरी आर्थिक पुनरुत्थानकालागि आवश्यक रकम विनियोजन गरेको छ ।
साँगुरीगढी गाउँपालिका भित्र मानव सिर्जित विपद् (घर आगलागि) न्युनिकरण गर्न फुसको छानो मुक्त अभियानका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पुर्वाधार विकास अन्र्तगत गाउँपालिका क्षेत्र भित्र सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, मर्मत संभार, सिंचाई, खेलमैदान निर्माणका लागि ६ करोड ७५ लाख १० हजार विनियोजन गरेको छ ।
सामाजीक विकास अन्र्तगत स्वास्थ्य, शिक्षा युवा तथा खेलकुद, दलित तथा विपन्न नागरीक आदिवासी÷जनजाती, महिला बालबालिका तथा जेष्ठ नागरीक, सांस्कृतिक प्रवद्र्धनका लागि ४ करोड १ लाख ८ हजार विनियोजन गरेको छ । आर्थिक विकास अन्र्तगत गाउँपालिका क्षेत्र भित्रका कृषि, पशुसेवा विस्तार पर्यटन विकास, सहकारी संचालन तथा व्यावस्थापनका लागि १ करोड २० लाख ५० हजार विनियोजन गरेको छ ।
वन वातावरण तथा विपद् व्यावस्थापन तथा विकासका लागि ४८ लाख ५० हजार विनियोजन गरेको छ । सुशासन तथा संस्थागत व्यावस्थापनका लागि ५० लाख २० हजार गाउँपालिका र वडा कार्यालयको चालु खर्च व्यावस्थापनका लागि ७ करोड ७९ लाख १२ हजार विनियोजन गरिएको छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याख्खाको सभापतित्वमा विहिबार सम्पन्न गाउँ सभामा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जयराम श्रेष्ठ, लेखा संयोजक, योजना साखाका प्रमुख तथा कर्मचारी जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।




















