इटहरी । औषधि ब्यवसायिहरूको साझा संगठन नेपाल औषधि व्यवसायि संघ सुनसरीले प्रदेश एकको नया समितिलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

प्रदेश कमिटिमा हालै चुनिएका नँया पदाधिकारीहरू लाई बिहीबार इटहरीको ओसियन पार्कमा एक औपचारिक कार्यक्रम बिच स्वागत तथा सम्मान गरिएको हो । IMG_0497

औषधि व्यवसायि संघ सुनसरीका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षातामा सम्पन्न कार्यक्रममा औषधि व्यवसायि संघ प्रदेश कमिटि अध्यक्ष शिरकुमार खतिवडा सहित १८ कार्य समिति सदस्यहरू लाई स्वागत तथा सम्मान गरिएको थियो ।

  कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरूले कोरोना संक्रमणको बिसम परिस्थितिमा पनि भोक तिर्खा नभनि ज्यानको बाजि राखेर अग्रस्थानमा  बसि जनतालाइ सेवा दिएपनि नेपाल सरकार , स्थानीय सरकार र प्रदेश सरकार कसैले मर्म नबुझेको गुनासो गरेका थिए । IMG_0485 1

 सरकारको नजरमा चिकित्सक , कर्मचारी मात्र फ्रन्ट लाइनरमा परेको तर २४ सै घण्टा औषधि ब्यवसाय गर्नेहरूलाइ भने बेवास्था गरी कुनै प्रवाह नगरेको गुनासो पोखेका थिए । 

 कार्यक्रममा औषधि ब्यवसायि संघ सुनसरीका अध्यक्ष रविन्द्र घिमिरे ,मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना , झापाका अध्यक्ष गौतम गुप्ता , त्यसैगरी प्रदेश कमिटिका पूर्व अध्यक्ष सुवाश चन्द्र अग्रवाल लगायतले मन्तब्य राखेका थिए ।