इटहरी । सुनसरीको इटहरी उपमहानगर पालिका ४ मा रहेको निःसाहय बालवालिका सेवा आश्रमलाइ बैदेशिक रोजगारको क्रममा रहेका जापान , मलेशिया तथा जोडनमाका २८ जना नेपालीहरूले आर्थिक सहयोग गरेका छन ।
इटहरी ५ निवासी आस्ना पराजुलीको आग्रहमा संकलन सहयोग रकम एक लाख ४४ हजार रकम आश्रमकी सञ्चालिका गिता गौतमलाइ हस्तानतरण गरेकी छिन ।
उनले केही वर्ष हगाडी आफ्नो जन्मदिन तिनै अश्रमका साना बालबालिकाहरूसंग रहेर मनाउने क्रममा त्यहाको गतिविधिबाट प्रेरित भइ टिकटक मार्फत सहयोग संकलन गर्ने अभियान चलाएकि थिइन ।
फलस्वरूप उनको अभियानलाइ साथ दिदै जापान , मलेशिया , जोर्डनमा कार्यरत नेपालीहरूले आ आफ्नो तर्फबाट सक्दो सहयोग स्वोरूप रू १ लाख ४४ हजार पठाएपछी पराजुलीले हस्तानतरण गरेकि हुन ।
टिकटकको माध्यमबाट निःसहाय आश्रमलाइ सहयोग जुटाउन पाउनु आफ्नैलागि गर्वको कुरा रहेको खुशि ब्यक्त गरिन । पराजुली सोहि आश्रम सञ्चालक समितिमा सदस्य पनि रहेकि छिन ।
उनले थालेको अभियानलाइ सधै निरन्तरता दिइने बताएकि छिन । 
त्यस्तै म्याग्दी ४ घर भएर हाल न्युजल्याण्डमा बसोबास गर्दै आएकि लक्ष्मी घर्ति क्षेत्रीले एक दिनको खाना र खाद्यन्न सामग्री , बच्चाहरूको लागि पौष्टिक तत्व र फलफुल सहित रू २० हजार रकम पराजुली मार्फत सहयोग गरेकी थिन ।
कोरोना संक्रमण र लकडाउनको बिसम परिस्थितिमा बिदेशबाट माया गरी यति ठुलो रकम सहयोग पाएपछि आश्रमकी सञ्चालिका गिता गौतमले अभियान्ता पराजुली सहित सहयोगी सबैलाइ धन्यवाद ब्यक्त गरीन ।
साथै प्राप्त सहयोग रकम अँँश्रमकोलागि बरदान सावित भएको पनि बताइन ।
उनले उक्त रकमलाइ निर्माणधिन बिालबालिकाहरूको अँँवसिय भवनकालागि ठुलो सहयोग पुग्ने पनी बताइन ।




















