धनकुटा । वजेट विषयमा ४ दलले आपत्ति जनाउदै ध्यान आर्कषण भएको जनाएका छन् । 

जिल्लाको महालक्ष्मी नगरपालिकाका ३ जना वडा अध्यक्षले नगरपालिकाको सातौ नगरसभा बहिस्कार गरेको बिषयमा महालक्ष्मी नगरपालिकाका कृयाशिल ४ राजनैतिक दलले आपत्ति जनाउदै गम्भिर ध्यानकर्षण भएको छ ।

नगरपालिकाकाको बजेट निर्माण गर्ने सन्दर्भमा स्थानिय तहको बजेट निर्माणका न्यूनतम सर्त तथा आवश्यक छलफल समेत नगरि वडाहरु लाई अघिल्लो बर्षको तुलनामा बजेट कटौती गर्ने प्रस्ताव गरेको, बजेट लाई शिर्षक नतोकी एक मुष्ट गर्न खोजिएकोलगायतका बिषयमा नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका सभापति धुव्र राय, नेकपा माओवादी केन्द्र महालक्ष्मीका अध्यक्ष प्रेम खड्का, जनता समाजवादी पाटीका अध्यक्ष नरेश तुम्बा र नेकपा एमालेका अध्यक्ष लाल बहादुर महतारालगायतको आपत्ति रहेको छ ।

४ वटै दलको संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ति जनाउदै बजेटमा देखिएको त्रुटी संच्याउन असन्तुष्टि ४ दलले माग गर्दै स्थानिय सरकार लाई ५ बुँदे ध्यानाकर्षण समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।