धनकुटा । भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको आयोजनामा सहिदभुमि गाउँपालिकामा कार्यपालिका तथा सर्वदलीय बैठकले विभिन्न निर्णय गर्दै समिति गठन गरेर सम्पन्न भएको छ ।
आयोगका अध्यक्ष नैना विस्वकर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले गाउँपालिका स्तरीय भुमिसम्बन्धि सहजिकरण समिति गठन गरिएको छ ।
उक्त समितिमा संयोजक गाउँपालिका अध्यक्ष र सहसंयाोजक उपाध्यक्ष रहनु भएको छ भने सदस्यहरुमा नेकपा एमाले पाटीको तर्फबाट नीर बहादुर राई, नेपाली कांग्रेसको तर्फबाट तोर्ण बहादुर खड्का, जनता समाजवादी पाटीका तर्फबाट नगेन्द्र राई, कार्यपालिका सदस्यमध्येबाट रेखा राई, दलित सदस्य बाट अप्सरा राई र भुमिसम्बधि काम गरेका अनुभव प्राप्त सदस्य सुस्मा किराँती रहनु भएको छ ।
उक्त र्बैठकले वडा स्तरीय सहजिकरण समिति एक हप्ता भित्र सबै वडाहरूमा वडाअध्यक्षको संंयोजकत्वमा गठन गरिसक्ने, भुमि सम्बन्धि कर्मचारी ईकाई स्थापना गर्ने, भुमि वितरणका लागि चाहिने नापी सम्बन्धि उपकरण खरिद गर्ने लगायतका निर्णय भएको आयोगका जिल्ला अध्यक्ष नैन रुचालले जानकारी दिनुभयो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, गाउँपालिका प्रशासकीय अधिकृत राजकुमार शाक्य, जिल्ला समन्वय अधिकारी तथा आयोगका सदस्य सचिव खगेन्द्र सुवेदी, वडाअध्यक्षहरू हेमकुमार राई, बम बहादुर राई, रत्न बहादुर राई, मल्सुराम राई, योगेन्द्र राई, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।




















