इटहरी । इटहरीका पर्यटन तथा होटल व्यवसायीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन इटहरी उपमहानगरपालिका लाई खोप उपलब्ध गराउन माग गरेको छ । 

लामो समय देखी निशेधाज्ञाका कारण पर्यटन तथा होटल व्यवसायनै धरासायी भएको अवस्थामा व्यवसायि र कर्मचारीहरु लाई कोरोना विरुद्धको खोप लगाएर व्यवसाय स्वास्थ्य सुरक्षा अपनाउदै पुर्णरुपमा सञ्चालन  गर्ने वतावरण बनाउन संघले उपमहानगरपालिका समक्ष माग गरेको हो । 204018557_338488214314384_9007010539828051127_n

 होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली सहितको टोलीले उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई ज्ञापनपत्र बुझाउँदै  निशेधाज्ञाका कारण सबैभन्दा प्रभावित भएको होटल व्यवसाय क्षेत्र सञ्चालनका लागि पनि खोप आवश्यक रहेको अध्यक्ष पराजुली बताए । 

 उनले खोप उपलब्ध नभए सम्म होटल व्यवसाय सञ्चालन गर्न जोखिम हुने भएकाले खोप उपलब्ध गराएर होटल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह समेत गरे । 

  पहिलो चरणको निशेधाज्ञाका कारण होटलहरु बन्द हुने अवस्थामा रहेका होटलहरु केही महिनामै निशेधाज्ञा हुदा सबै भन्दा बढी मारमा होटल व्यवसायी परेका छन् ।