मोरगं । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरगंको भर्चुअल वैठकले विधामान कमिटी विस्तार गरेको छ । 

  अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले एक सय २५ सदसीय कमिटी वनाएको हो । 

  विस्तारित कमिटीको उपाध्यक्षमा गोमा चौधरी , दिनेश कर्ण सचिव उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल ,पुस्कर पोखरेल ,विष्णु बस्नेत कोषाध्यक्ष भुवन खतिवडा रहेको कमिटीका सदस्य राजु पौडेलले जानकारी दिए ।

  वैठकले महासंघका विभिन्न समयमा निधन भएका महासंघका जिल्ला सदस्य विजय थापा ,पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पुर्व सचिव महेन्द्रजंग कार्की सदस्य लक्ष्मी राई प्रति शोक प्रस्ताव पारित गरेको थियो । 

 बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य महेश रेग्मी माहासंघका केन्द्रिय प्रथम उपाध्यक्ष तथा पुर्व सदस्य सचिव केशव बिष्ट उपमहा सचिव रबिन नगरकोटी लगायतको सहभागिता रहेको थियो ।