इटहरी ।  निशेधाज्ञाको समयलाई लक्षित गरी दैनिक ज्यालादारी गरेर जीवन चलाउने तथा अति विपन्न परिवारलाई नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले सञ्चालन गरेको भोक विरुद्धको अभियान एक महिना पुरा भएको छ । 

    गत जेष्ठ २ गतेबाट तरुण सभापति गुरुगंले सञ्चालन गरेको अभियान अन्र्तगत पन्ध्र सय परिवारलाई खाद्यान्न सहयोग गरिएको वताइएको हो । 

 कोरोना कहरलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निशेधाज्ञा लगाउन थालेपछि गत महिना देखि अभियान सुरु गरेको र हाल सम्म पन्ध्र सय परिवारलाई सहयोग गरिएको वताउदै अभियान अझै जारी रहेको सभापति गुरुगंले वताए ।

उनले कोरोनाको पहिलो लहरको समयमा समेत  विपन्न तथा असक्त परिवारका मानिसहरुलाई खाद्यान वितरण अभियान सञ्चालन गरेका थिए ।193761079_1934271433389948_2690710425652959536_n

सभापति गुरुगंले रोगसंगै जिल्लावासीले भोकका कारणले ज्यान गुमाउनु नपरोस भनेर खाद्यान्न वितरण अभियान सञ्चालन गरेको समेत जानकारी गराए  ।

गुरुगंले आफनो घरको मुल गेटमा  तपाई खाद्य संकटमा हुनु हुन्छ आउनुस बाडेर खाँउ नारा लेखेर विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न लिन आउन समेत सहज वनाएका छन ।

विपदको समयमा जिल्लावासीलाई राहत सामाग्रीका साथै अन्य सहयोग समेत गर्दै आएका गुरुगंले कोरोना कहरका कारण निशेधाज्ञा सुरु भए देखि खाद्यान्न वितरण साथै स्वास्थ्य सुरक्षा सामाग्री वितरणलाई समेत प्राथमिकतामा राखेर कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यलाई सहयोग पुर्याउदै आएका छन