धनकुटा  । साँगुरीगढी गाउँपालिका वडा नम्वर १ र २ मा रहेका कोरोना संक्रमितहरुलाई घर घरमै गएर स्वास्थ्य लाभको कामना सहित स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको समन्वय र युवा संघ नेपाल साँगुरीगढीको साझेदारीमा संक्रमित वडावासिहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

साँगुरीगढी गाउँपालिका वडा नम्वर १ लावरवोटेमा एन्टिजेन परिक्षण गरेका ४३ जना मध्ये कोरोना संक्रमित पोजेटिभ भएका २१ जना संक्रमित, बुढीमोेरङ्ग स्वास्थ्य चौकि कोभिड १९ आइसोलेसन वार्डमा रहेका ५ जना विरामी, स्वास्थ्य चौकी, टापु भन्ज्याङ्ग आधारभुत स्वास्थ्य ईकाइलगायतलाई स्वास्थ्य सामाग्री वितरण गरेको वडा अध्यक्ष तिलक बहादुर लिम्बुले जानकारी दिनुभयो ।IMG20210620142341

वडा नम्वर १ र २ मा ७३ जना सक्रिय संक्रमित रहेका छन् । ३७ जना संक्रमितको घर घरैमा पुगि सामाग्री वितरण गरिएको छ भने बाँकी रहेका संक्रमितहरुलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा र युवाहरुबाट वितरण गरिने नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा सभापति हरि कुमार राईले जानकारी दिनुभयो । 

यसैगरि नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले मुलघाट प्रहरी चौकि, सशस्त्र बेस क्याम्प मुलघाटलाई सर्जिकल मास्क वितरण गरेको छ । IMG20210620133245

वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल मास्क, सेनिटाईजर, एन ९५ मास्क, हातधुने सावुनलगायत रहेका छन् ।

सोहि अवसर पारेर बुढीमोेरङ्ग स्वास्थ्य चौकि कोभिड १९ आइसोलेसन वार्ड, टापु भन्ज्याङ्ग आधारभुत स्वास्थ्य ईकाइ लाई पनि स्वास्थ्य सामाग्री वितरण गरेको वडाअध्यक्ष दल बहादुर लिम्बुले जानकारी दिनुभयो । 

उक्त सामाग्री वितरणमा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष विन्द्र राई, रेडक्रस सभापति हरि राई, युवासंघ साँगुरीगढीका सम्योजक सुरेस राई, जिल्ला सदस्य राम भक्त राई, संघका सचिव सुरेश लिम्बु, गोविन्द लिम्बु, सष्टिका लिम्बु, मान प्रसाद लिम्बु, वडा नम्वर २ का अध्यक्ष दल बहादुर ईङ्नाम, वडा नम्वर १ का अध्यक्ष तिलक बहादुर राई, नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राई लगायतको उपस्थिति रहेको थियो ।