विराटनगर । कोरोना कहरका कारण निशेधाज्ञा जारी रहेको समयमा अस्पतालहरुमा उपचारका लागि विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर मोरगंको विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना महिला पुरुषले रक्तदान गरेका छन । 

  अस्पतालहरुमा विरामीहरुका लागि चाहिने रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै अभियान साथी तपाईको नामक सामाजिक अभियानले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६० पिन्ट रगत संकलन भएको युवा अभियान्ता राजु पौडेलले जानकारी दिए । snapshot_095

  कोरोना कहर रहेको समयमा रक्तदान कार्यक्रमहरु समेत कम भईरहेको तथा अस्पतालहरुमा रगत अभाव भई रहेको तर्फ मध्यनजर गर्दै केही हद सम्म भएपनि विरामीलाई चाहिने रगत अभावको पुरिपुर्ति गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक सुरेन शाक्यले बताए । 

  संयोजक शाक्यले कोरोना कहरका समयमा संक्रमितहरुको घरघरमा सेनेटाइज गर्ने , राहत सामाग्री वितरण , अतिविपन्न ,दैनिक ज्यालादारी गर्ने , सडकपेटीमा वस्ने तथा अस्पतालमा विरामी कुरुवाहरुलाई खाना खुवाईने जस्ता काम समेत गर्दै आएको पनी वताए ।   

   रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मी , खेलकुद महासंघ प्रदेस सदस्य राम लिम्वु , युवासंघ नेपालका केन्द्रीय सचिव नरेन्द्र बस्नेत , नेकपा एमाले माहानगर कमिटी अध्यक्ष पारुल क्षेत्री  लगायतको सहभागिता रहेको थियो ।