पथरी । मोरङको उर्लाबारी नगरपालिकाले उज्यालो नगर कार्यक्रम अन्र्तगत पूर्वपश्चिम राजमार्गमा रात्रिकालिन सडक बत्ति जडान गरेको छ ।

नगरपालिकाले पालिकाको पूर्वी सिमाना झापा जिल्लाको दमक नगरपालिका सग सिमाना जोडिएको मावा खोला देखी पश्चिमी सिमाना पथरी शनिश्चरे नगरापालिका सग सिमाना जोडिएको सन्जोरा खोला सम्मको ६ किलोमिटर सडकमा सडक बत्ति जडान गरेको हो ।

उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत दोस्रो चरणमा बक्रा देखि सन्झोरा खोलासम्मको क्षेत्रमा सडक बत्ति जडानको उद्घाटन् नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी र वडाध्क्ष गंन्जबहादुर कार्कीले सुईच अन गरी गर्नु भएको हो ।

उदघाटन कार्यक्रममा बोेल्दै मेयर फागोले रातको समयमा सडक बत्तिको कारण सडक क्षेत्रमा हुने अपराधिक कृयाकलाप र सडक दुर्घटनका कुराहरुमा नियन्त्रण गर्न मद्दत पुग्ने मेयर फागोले बताउनु भयो ।

कोरोना संक्रमणका कारण शिथिल बनेको नगरपालिका विध्यमान विषमपरिस्थतिका विचमा पनि नगरको विकास र जनचाहाना पुरा गर्ने कार्यमा लागि परेकोमा स्थानियहरुले नगरपालिकाको खुलेर प्रससा गरेका छन् ।

नगरपालिकाले उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी बनाउन आर्थिक वर्ष २०७७/७८ विनियोजन गरेको ४० लाख रुपैया मध्ये १९ लाख रुपैयाको लागतमा ६ किलोमिटर सडक क्षेत्रमा १ सय १४ स्थानमा विधुत जडान गरेकोे जनाएको छ ।

भने यहि आर्थिक वर्षको अन्त्यस सम्ममा काम सम्पन्न हुने नगरी पालिकाको बेतिनि सिमसार जाने क्षेत्र, उर्लाबारी-मधुमल्ला सडक र उर्लाबारी-बरगाछी सडक खण्डमा पनि सडक बत्ती जडान गर्ने तयारी भइरहेको मेयर फागोले बताउनु भयो

यस्तै आगामी आर्थिक वर्ष २०७८/७९ मा थप वजेटको विनियोजन गरेर अन्य आवश्यक पर्ने सथानहरुमा पनि सडक बत्ती विस्तार गर्दै लैजाने र उज्यालो उर्लाबारी अभियानलाई पुणर्ता दिने योजना रहेको उर्लाबारी नगरपालिकाले जनाएको छ ।