पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको विहिबारको बैठकले वडागत सिलिङ बजेट निर्धारण गरेको हो । 

१० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । 

नगरसभा असार १० गते हुने पनि उहाँले उल्लेख गर्नुभयो । गत वर्षको वडागत सिलिङ बजेट ७५ लाख रहेको थियो । यस पटक भने सो बजेटलाई बडाएर १२ लाख ५० पुर्‍याएको हो ।