मोरगं । निशेधाज्ञा जारी रहेको समयमा दैनिक छाक टार्न समस्यामा पर्दै आएका विराटनगरका विपन्न परिवारका मानिसहरुलाई पुर्व राष्ट्रिय कराते खेलाडी राम लिम्बुले खाद्यान्न सामाग्री वितरण गरेका छन । 

    पुर्व राष्ट्रिय खेलाडी लिम्बुको पहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ धनपुरा गाउँका ४० परिवारलाई खाद्यान्न वितरण गरिएको हो । 196405717_3452757321494444_3262456952315822023_n

   दैनिक ज्यालादारी गर्न समेत निशेधाज्ञाका कारण जान नपाएका तथा अति विपन्न परिवारका मानिसहरुलाई प्रति परिवार ४केजी चामल १केजी नुन ५सय ग्राम दाल लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको स्थानिय समाजसेवी राजु पौडेलले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा प्रदेस नम्वर १का पुर्व सामाजिक विकास मन्त्री जिवन घिमीरे , महेश रेग्मी ,नरेन्द्र वस्नेत लगायतको सहभागिता रहेको थियो ।