इटहरी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल खेलकुद महासंघको राष्ट्रिय अभियान अन्र्तगत कोभिड नो भिड अभियानका क्रममा प्रदेस नम्बर १का फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरु लाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने अभियान जारी रहेको छ ।
कोरोना नो भिड कार्यक्रम अन्र्तगत सुनसरी , मोरगं र झापाका विभिन्न प्रहरी कार्यालय तथा झापाका पत्रकारहरुलाई मास्क ,सेनेटाइजर वितरण गरिएको हो ।
अभियानका संयोजक परशुराम बस्नेतको निर्देशनमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य सुरेश कार्कीले जानकारी दिए । स्वास्थ्य सुरक्षा सामाग्रीहरु पत्रकार महासंघ झापा , रगेंली इलाका प्रहरी कार्यालय मोरगं , इलाका प्रहरी कार्यालय उर्लावारी , इलाका प्रहरी कार्यालय इटहरीलाई दोस्रो चरण सहित कुल ८हजार थान मास्क र ४० लिटर सेनेटाइजर वितरण गरिएको समेत कार्कीले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा महासंघका केन्द्रीय सचिव सन्तोष वान्तवा , बासु नेपाल , सन्तोशी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




















