धनकुटा । धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

गत जेष्ठ २७ गते देखी आज सम्म जिल्लाका उल्लेखित संख्याका नागरिकलाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाँईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाहरुमा पठाईएका मध्ये केही खोप फिर्ता आएकोले अव अन्य सरोकारवाला पक्षसँग सल्लाह गरेर बाँकी खोप थप नागरिकलाई लगाईनेछ ।

नेपाल सरकारले छिमेकी मुलुक चिनबाट प्राप्त गरेको भेरोसेल खोप जिल्लाका ६२ देखी ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा लगाईएको हो । 

 स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा २ हजार २ यस २० भायल खोप प्राप्त भएको थियो ।