धनकुटा । आईशोलेसनमा रहेका कोरोना संक्रमित विरामीहरुलाई धनकुटा उद्योग बाणिज्य संघको पहलमा पोषिलो खानेकुरा र विभिन्न सामाग्री प्रदान गरिएको छ ।
धनकुटा नगरपालिका स्थित औद्योगिक गा्रममा रहेको आईशोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई स्वच्छ, ताजा र सफा पोषिलो खानेकुरा खुवाउन पोषिलो खानेकुराका साथमा विभिन्न सामाग्री उद्योग वाणिज्य संघको पहलमा प्रदान गरेको हो ।
संघ र संघको पहलमा संघका सदस्य मिलन नेवा खड्गी र विपिन थापाले विभिन्न खांद्यान्नहरु उपलब्ध गराउनु भएको हो ।
संक्रमितका लागि प्रदान गरिएका सामाग्रीहरुमा चना मटर लगायत विभिन्न पोसिलो खाद्यान्न खाना, खाजा प्याक गरेर विरामीहरुलाई खाना खान दिन शहज होस भनेर हट बक्स, ग्लास लगायतका सामाग्री आईशोलेसनका लागि संचालन गरिएको क्यानटिन सञ्चालिका सरस्वती गुरुङ्गलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईलगायतको टोलिले प्रदान गरेको हो 
बजार भन्दा टाढा भएकाले धनकुटा आईशोलेसन सेन्टरमा रहेका विरामी र विरामिका भिजिटर, चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई दैनिक खाना तथा खाजा खुवाउन समस्या भैरहेकोले संघको पहल र समन्वयमा दुई साता अघि देखी आईशोलेसन परिषर छेउमा व्यावसायी सरस्वती गुरुङ्गले क्यानटिन संचालन गरी सहजताका साथ खाना तथा खाजा खुवाउदै आउनु भएको छ ।
खाजा खुवाउने क्यानटिन संचालीका गुरुङ्गलाई धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु र अन्य आवाश्यक सामाग्रीहरु उपलब्ध गराउदै आएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।




















