धनकुटा । साँगुरीगढी गाउँपालिकामा कोरोना संक्रमित लगायत सर्वसाधारणलाई स्वास्थ्य सामाग्री सहित भिटामिन वितरण गरिदै आएको छ ।
धनकुटा जिल्लाको कोरोनाको हट स्पट बन्दै गएको साँगुरीगढीको वडा नं. १, २ र ३ मा आज नेपाली कांग्रेस धनकुटाका नेताहरुले कोरोना संक्रमित लगायत सर्वसाधारणलाई स्वास्थ्य सामाग्री सहित भिटामिन वितरण गरेका छन ।
धनकुटा जिल्लाको पछिल्लो पटक यतिबेला भने साँगुरीगढीको बुढीमोरगमा तिव्र रुपमा कोरोना फैलदै गए पछी नेपाली कांग्रेस धनकुटाले संक्रमितहरु र सर्वसाधारणहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो ।
संंक्रमितहरुको घर घरमा गएर स्वास्थ्य लाभको कामना गर्दै वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, सेनिटाईजर, मिटामिन, सिटामोल लगायत रहेका छन् ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको वडा नं. १ र २ बुढीमोरङ्गमा अहिले ६० जना भन्दा बढी कोरोना संक्रमित रहेको र कोरोनाका लक्षण भएका प्राय सवै घर घरमा भेटिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य नेपाल धन राईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई सहितको उक्त टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ३ को खुवाफोकमा वडाध्यक्ष राज कुमार राई ,स्वास्थ्य चौकीका प्रमुख बाबुराम थापा लगायत स्वास्थ्य कर्मीहरुसंग भेटघाट गरी स्वास्थ्य समाग्रीहरु स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।
खुवाफोकका स्वास्थ्य चौकीका प्रमुख बाबुराम थापासंग त्यस क्षेत्रमा कोरोना भाईरसको अवस्था र नियन्त्रणका उपायहरुको वारेमा छलफल गरिएको नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापती जितेन्द्र राईले बताउनु भयो ।




















