इटहरी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप लगाउने कार्यक्रम जारी रहेको समयमा सुनसरीमा पहिलो जस्तै दोस्रो डोज नआउने होकी भनेर  चासो र चिन्ता व्यक्त थालिएको छ ।

      सुनसरी लगायतका देशका विभिन्न जिल्लाहरुमा ६०देखि ६२ वर्ष उमेर समुह सहित अग्रपंतीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतले पहिलो डोज चिनबाट अनुदानमा आएको भेरोशिल लगाउने कार्य भईरहेको समयमा पहिलो डोज लगाएपनि दोस्रो डोज नआउने होकी भनेर चिन्ता व्यक्त गरिएको हो ।

   कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले यस अघि भारतबाट अनुदानमा आएको कोभिशिल्डको पहिलो डोज दिएर दोस्रो डोज उपलव्ध नगराएको तर्फ संकेत गर्दै यस पटक पनि त्यस्तै हुने होकी भनेर चिन्ता व्यक्त गरिएको हो । 

 पहिलो डोज कोभिशिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएकी सञ्चारकर्मी सुप्रिया राई आफुहरुले जस्तो अहिले पहिलो खोप लगाई रहेकाहरुले पनि दोस्रो डोज नपाउने हुनकी भनेर चिन्ता व्यक्त गरिन। उनले आफुहरुले पहिलो डोज लगाएपनि दोस्रो डोज लगाउन नपाएको गुनासो गरेकी हुन ।IMG_0341

   भारतबाट अनुदानमा आएको कोभिशिल्ड  खोपपछि नेपाल सरकारले थप सोही खोप ल्याउन नसकेपछि पहिलो डोज लगाउने धेरैले खोप लगाउने समय सिमा सकिन लाग्दा समेत दोस्रो डोज लगाउन नपाएको कारणले यस पटक पनि दोस्रो डोजको विषयमा चिन्ता गर्न थालिएको हो । 

  अघिल्लो चरणमा भारतीय कम्पनीको खोप लगाउने सवैले दोस्रो चरणको खोप लगाउन नपाएको र पहुँचको भरमा दोस्रो चरणको खोप लगाइएको गुनासो समेत आइरहेको छ ।         यसै समयमा चिनबाट अनुदानमा आएको भेरोशिलको पहिलो डोज लगाउने कार्य भईरहेको समयमा पछि फेरि पहिलेको जस्तै हुने होकी भनेर चिन्ता व्यक्ति गरेका छन पहिलो खोप लगाएका ६० देखि ६४ उमेर समुहका इटहरीका रत्नवहादुर डुम्जनले यस अघि पहिलो डोज मात्र लगाएकाहरुलाई दोस्रो डोजको व्यवस्थापन गर्न साथै अहिले पहिलो डोज लगाउने आफुहरु जस्तालाई आश्वस्त वनाउन नेपाल सरकारलाई आग्रह गरे ।

  यता इटहरी अस्पतालका खोप व्यवस्थापनमा खटिएका कर्मचारी सन्तोष रेग्मीले विगतमा पहिलो डोज लगाउनेहरुले दोस्रो डोज लगाउन नपाएको तर्फ मध्यनजर गरेर नेपाल सरकारले यस पटक पहिलो चरणमा अनुदानमा चिनबाट आएको भेरोशिल १०लाख मध्ये पहिलो चरणमा ५लाख लगाएर दोस्रो चरणमा वाँकी रहेको ५ लाख लगाउने तयारी गरेको कारण पहिलेको जस्तो समस्या नहुने अपेक्षा गरेको वताउछन । 

 उनले पहिलो खोप मात्र लगाउनेहरुलाई यस पटक संक्रमण कम भएको तथा लागि हालेपनि जोखिम कम भएको पाइएको कारणपनि उत्साहजनक रुपमा खोप लगाउने लक्षित समुहमा मानिसहरु आइरहेको जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भेरोशिल खोप लगाउने कार्यक्रम जारी रहेको समयमा सुनसरीमा उत्साहजनक रुपमा मानिसहरुको सहभागिता देखिएको छ ।