नेपाल स्काउट इटहरी शाखाले आजबाट विधिवत् रूपमा covid 19 को बिरुद्ध जनचेतना अभियान SMS कार्यक्रम सञ्चालन गरेको छ। S -Space making दूरी कायम गर्ने M-Mask को प्रयोग गर्ने र S- Sanitation हातको सफाई गर्ने भन्ने चेतना मुलक कार्यक्रम हो। आजबाट सुरु भएको कार्यक्रम बिसै वटा वडाहरूमा स्काउटको नामबाट माइकिङ गरिने छ।

आजको कार्यक्रमको शुभारम्भमा नेपाल स्काउट इटहरी शाखाका संयोजक डा बेणुप्रसाद सिटौलाले कार्यक्रमको उद्देश्यको बारेमा बताउनु भएको थियो यसै गरी इटहरी उपमहानगरपालिका का उपमेयर लक्ष्मी गौतमले नव गठित शाखाका पदाधिकारीहरुलाई बधाइ दिँदै SMS कार्यक्रको सफलताको लागि शुभकामना दिनु भएको थियो।