मनसुन देशभर क्रमशः सक्रिय भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले यसपालि औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानबाट बच्ने सुरक्षा अपनाउन सम्बन्धित सबै पक्षलाई पुनः सुझाव दिएको छ। 

‘यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु।’

मौसम विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान, प्रदेश नम्बर १ का मध्य तथा पश्चिम पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नम्बर २ को पश्चिमी भेगमा सरदर वर्षा हुने तथा प्रदेश नम्बर १ को तराई र प्रदेश नम्बर १ का पूर्वी जिल्लामा सरदभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

हेर्नुहोस्, मौसम विभागको सूचना :

mausam-bivagsu