सुनसरी । कोरोनाको नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको चतराबाट १५ दिन सम्म सञ्चालन गरिएको हिमालयन सिद्धमहायोग विशेष स्वास्थ्य अनुष्ठान सम्पन्न भएको छ ।  

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण सहित सञ्चालन गरिएको विशेष अनुष्ठान सम्पन्न भएको हो । IMG_0256

 यही जेठ १२ गतेदेखि  कोरोनाको नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक सात्विक दिनचर्या र भोजन, योग चर्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा जगतगुरु रामानन्दचार्य सेवा पिठका पिठाधिस जगतगुरु महायोगी सिद्धबाबाले आध्यात्मिक जागरण सहित वैज्ञानिक आधार सहित प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा केही टेलिभिजन तथा युटुव च्यानलहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । योग ,आयुर्वेदीक उपचार पद्धती लगायतका विषयमा जानकारी सहितको स्वास्थ्य अनुष्ठानको प्राचीन हरिद्धारको रुपमा रहेको चतराधामस्थित रामानान्दचार्य सेवा पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुइ घण्टासम्म एभिन्युज टेलिभिजन , प्राईम टाईम्स टेलिभिजन , विराट टेलिभिजन , अरनिको टेलिभिजन , ओमकार टेलिभिजÞन सहित केही युटुव च्यानहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । स्वास्थ्य विशेष अनुष्ठान प्रभावकारी भएको तथा देश विदेशमा रहेका धेरै मानिसहरुले अनुष्ठानबाट लाभ लिएको जगतगुरु रामानन्दचार्य सेवा पिठका बरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले वताए ।