इटहरी । कोरोना संक्रमितहरुको उपचारका चाहिने अक्सिजन अभाव भएको भन्दै कतिपय अस्पतालहरुले विरामी भर्ना नलिइ रहेको समयमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु एसजी ग्रुप निःशुल्क वितरण गर्न थालेको छ । 

      अक्सिजन अभावले संक्रमितको उपचारमा समस्या भईरहेको विषयले चर्चा पाईरहेको समयमा एसजी ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । 

    एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन । उनले एसजी ग्रुपका तर्फबाट इनरुवा नगरपालिकालाई अक्सिजन ४० लिटरको अक्सिजन १० थान , १० लिटटरको ५ थान , ब्याग ५० थान , अक्सिजन मास्क २५ थान , अक्सिमिटर ४ थान रेगुलेटर १ सर्जिकल मास्क १हजार थान उपलव्ध गराएका हुन । snapshot_081

   अक्सिजन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरणपछि उद्योगी घिमीरेले कोरोनाले विश्व संकटमा रहेको समयमा सेवाभावले स्थानीय तह ,स्वास्थ्य संस्था , आइसोलेसन लगायतका ७० स्थानमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अनुसार इनरुवा नगरपालिका लगायत ५ स्थानमा एकै दिन उपलव्ध  गराएको जानकारी दिए ।

उनले आफुहरुले व्यवसायीक रुपमा समेत अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु ल्याएर सुलभ मुल्यमा विक्री गर्दै आएको समेत वताए ।snapshot_077

  त्यसै गरी एसजी ग्रुपले सुनसरीको इटहरी उपमहानगरपालिकालाई ५०थान अक्सिजन व्याग , ५सय थान सर्जिकल मास्क , ४० लिटरकाे अक्सिजन सिलिण्डर ८ थान , १० लिटरकाे  अक्सिजन सिलिण्डर ३ थान अक्सिजन मास्क २५ थान अक्सिमिटर ४ मोरगंको सुन्दरहरैचा नगरपालिकालाई ५०थान अक्सिजन व्याग ५ सय थान अक्सिजन मास्क  ४० लिटरकाे  अक्सिजन सिलिण्डर ७ थान , १० लिटरकाे  अक्सिजन सिलिण्डर २थान अक्सिजन मास्क २५थान अक्सिमिटर ४थान सुनसरीको हरिनगर गाउँपालिकालाई ५०थान अक्सिजन व्याग ५ सय थान सर्जिकल मास्क ४० काे लिटर अक्सिजन सिलिण्डर ७ थान , १० लिटरकाे अक्सिजन सिलिण्डर २थान अक्सिजन मास्क २०थान अक्सिमिटर ४थान र सुनसरीको इटहरी उद्योग वाणिज्य संघलाई  ५०थान अक्सिजन व्याग ५० थान सर्जिकल मास्क ४० लिटरकाे अक्सिजन सिलिण्डर ८ थान , १० लिटरकाे अक्सिजन सिलिण्डर ३ थान अक्सिजन मास्क ५सय थान अक्सिमिटर ४था सयन रेगुलेटर १ थान सहित खाना पकाउने ग्याँस १८ थान उपलव्ध गराएको जनाइएको छ । 

 कोरोना कहरका समयमा अक्सिजन अभाव भई रहेको अवस्थामा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु महान कार्य भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले एसजी ग्रुपलाई धन्यवाद दिए ।

 नगरप्रमुख मेहताले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रयोग गर्ने जानकारी दिए ।

 अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गर्ने अन्य संस्थाहरुले समेत अहिलेको समयमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराउने कार्यलाई महत्पुर्व रहेको वताए ।

एसजी ग्रुपले अक्सिजन अभाव भएको चर्चा चलेसंगै छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु ल्याएर विक्री वितरण साथै निशुल्क रुपमा वितरण समेत गर्दै आएको छ ।