यासोक/ पाचथरको सुख्खाक्षेत्रमा संचालित तमोर पंम्पिङ खानेपानी योजना डेढ महिनापछि संचालनमा आएको छ । कुम्मायक गाउ“पालिकाको वृहत खानेपानी योजना गत चैत्र २७ गतेदेखि अवरुद्ध भएको थियो । योजनाको पंम्पमा देखा परेको प्राविधिक समस्याका कारण डेढ महिनादेखि योजना अलत्रप परेको थियो । पंम्पमा देखिएको समस्या समाधानपछि पुन ः खानेपानी योजाना संचालनमा आएको हो ।
खानेपानी योजना अवरुद्ध हुदा गाउ“पालिकामा खानेपानीको हाहाकार मच्चिएको थियो । योजनाको पंम्प र स्टेप्लाईजर खरिद गरी जडान गरेसंगै पुन ः खानेपानी योजना संचालनमा आएको हो । यस अघि पनि सोही समस्या दोहोरिदा दुई हप्तासम्म योजना अवरुद्ध भएको थियो । पटक पटक पंम्पमा समस्या देखापरेपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामले स्टेप्लाइजर खरिद प्रकृया अघि बढाएको छ । योजनाको ७ वटा पंम्प स्टेशनमा ७ वटै स्टेप्लाईजर जडान गर्न लागेको हो । यस अघि दुई वटा स्टेप्लाइजर जडान गरेको छ । बाँकी रहेको ५ वटा पनि जडान गर्ने क्रममा रहेको उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाले बताउ“नुभयो ।
योजनाको इनार सहित ७ वटा पंम्पमा सुरक्षाको लागि स्टेप्लाइजर जोड्ने काम भइरहेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामले जनाएको छ । योजनाको प्रत्येक आरभिटिमा दुई वटा पंम्प जडान गरिएको छ । तर बिद्युतकै कारण पंम्पमा समस्या देखा पर्न थालेपछि निर्माण कम्पनीलाई तत्कालै नयाँ पंम्प जडान गर्न र कार्यालयको तर्फबाट स्टेप्लाईजर खरिद गरी जडान गरेसंगै योजना संचालनमा आएको डिविजन प्रमुख सुरतलाल चौधरीले बताउ“नुभयो ।
योजना संचालनको लागि निर्माण कम्पनीले ५० एचपीको पम्प जडान गरेको छ । जडान गरेको पंम्पमा विद्युतकै कारण समस्या हुदा एक वर्षको अवधिमा पंम्प मर्मत र खरिदको लागि ७२ लाख रुपैयाँ घाटा बिर्होनु परेको निर्माण व्यवसायी राजेन्द्र चोम्लागाईले बताउ“नुभयो । खानेपानी योजनाको दीर्घकालीन उपाय खोज्न भन्दै बिभागले आयोजना संचालन भएको स्थानमा आरभिटि र पानी सुद्धिकरण गर्ने संरचना निर्माण गर्दै आएको छ । खानेपानी योजनाको काम पूरा गरेको निर्माण कम्पनीले आयोजना संचालनको लागि उपभोत्ता समितिलाई जिम्मा लगाई सकेको जनाएको छ ।