इटहरी । कोरोना संक्रमितहरुको उपचारका चाहिने अक्सिजन अभाव भएको भन्दै कतिपय अस्पतालहरुले विरामी भर्ना नलिइ रहेको समयमा अक्सिजन लगायतका सामाग्री चिनबाट ल्याएर एसजी गु्रपले निशुल्क वितरण गर्न थालेको छ ।

 अक्सिजन अभावले संक्रमितको उपचारमा समस्या भईरहेको विषयले चर्चा पाईरहेको समयमा एसजी गु्रपले सुनसरीको इनरुवा नगरपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो ।  एसजी गु्रपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन । उनले एसजी गु्रपका तर्फबाट इनरुवा नगरपालिकालाई अक्सिजन ४० लिटरको अक्सिजन १० थान , १० लिटटरको ५ थान , ब्याग ५० थान , अक्सिजन मास्क २५ थान , अक्सिमिटर ४ थान रेगुलेटर १ सर्जिकल मास्क १हजार थान उपलव्ध गराएका हुन । अक्सिजन लगायतका सामाग्री हस्तान्तरणपछि उद्योग घिमीरेले कोरोनाले विश्व संकटमा रहेको समयमा सेवाभावले स्थानीय तह ,स्वास्थ्य संस्था , आइसोलेसन लगायतका ७० स्थानमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अनुसार इनरुवा नगरपालिका लगायत ५ स्थानमा एकै दिन उपलव्ध  गराएको जानकारी दिए । उनले आफुहरुले व्यवसायीक रुपमा समेत अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु ल्याएर सुलभ मुल्यमा विक्री गर्दै आएको समेत जानकारी दिए     कोरोना कहरका समयमा अक्सिजन अभाव भई रहेको समयमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु महान काम भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आवश्यकता अनुसार उपलव्ध गराउनु पर्ने ठाउँमा उपलव्ध गराउने जानकारी दिए । एसजी गु्रपले अक्सिजन अभाव भएको चर्चा चलेसंगै छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु ल्याएर विक्री वितरण साथै निशुल्क रुपमा वितरण समेत गर्दै आएको छ । 


(