धनकुटा । विषम परिस्थितिमा पनि हरित नगर संमृद्द दमक भन्ने नाराका साथ प्रधानमन्त्री केपि शर्मा ओलीकाे प्रमुख अfतिथ्यतामा दमक नगरपालिकाकि उपमेयर गिता अधिकारीले ढुकुरपानी माध्यमिक विध्यालयमा थप ३० काेठे विध्यालय भवन सिलान्यास गर्नु भएकाे छ । 

 विशिष्ट व्याक्तित्वहरूकाे अनलाईन उपस्थिति र स्थानीय अभिभावककाे स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य मादण्डका साथ प्रमुख अतिथिकाे अनलाईन उपस्थितिमा भवन सिलान्यास गरिएकाे ढुकुरपानि माध्यमिक विध्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

 नगरपालिकाकाे माग अनुसार नगरपालिकाकाे समन्वय र  मातहतमा रहने गरि संघीय सरकारले शिक्षाकाे क्षेत्रमा बिनियाेजित बजेट मार्फत  ढुकुरपानी माध्यमिक विध्यालकाे ३० काेठे भवन सिलान्यास सम्पन्न भएकाे छ ।195555525_193541655983023_7876090148376208552_n

  प्रधानमन्त्री ओलीकाे आफ्नाे क्षेत्र भएकाले र उक्त क्षेत्रलाई शिक्षामा अगाडि बढाउने उद्देश्य अनुरूप भवन सिलान्यास गरिएकाे हाे ।

  शिक्षाबाटै दक्षयाेग्य नागरिक उत्पादन गर्ने र यसैबाट देशविकास सम्भव हुने भएकाले संघ मार्फत शिक्षाकाे क्षेत्रमा बजेट विनियाेजन गरेकाे  जनाईएकाे छ । 

ढुकुरपानी माध्यमिक विध्यालय भवन निर्माण आयाेजना मिति २०७८ जेठ १९ गते किरातेश्वर कन्स्ट्राक्सन एण्ड डिलिङ्ग कम्पनि प्रा.लि. सँग २०७९ जेठ २० गते

सम्पन्न हुने सम्झाैतामा उल्लेख रहेकाे साईट ईन्जिनियर अन्नत प्रसाद सेनेहाङ्गले जानकारी दिनुभयाे । उहाँका अनुसार ७ कराेड ३५ लाख ४५ हजार ६ सय ७३ रूपैयाँ ४५ पैसा लागत लाग्ने अनुमान गरिएकाे छ ।

 तीनतले उक्त भवन प्रबिधि मैत्रिका साथै पहिलाे तला अपाङ्ग मैत्रि हुने विध्यालयले जनाएकाे छ ।