धनकुटा  । साँगुरीगढी गाउँपालिकाले कोरोना संक्रमित र कोरोनाका कारण मृत्यु भएका परिवारलाई नगद वितरण गरेको छ ।

  चालू आर्थिक बर्षको स्वास्थ्य तपाईको जिम्मा हाम्रो कार्यक्रम अन्तर्गत २०७८ जेष्ठ २१ गतेको कार्यपालिकाको निर्णयानुसार   स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै नगद वितरण गरेको हो ।  

 साँगुरीगढी गाउँपालिका वडा नं ५ ओख्रेका २६ जना कोभिड १९ दोस्रो भेरियन्ट संक्रमणबाट निको भएका विरामिलाई स्वास्थ्य सुरक्षाका लागि भन्दै पाँच हजारका दरले वितरण गरेको साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो ।195478565_212607980681229_4690550924648208132_n

 उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएका मृतकका एक परिवारलाई किरिया खर्च भन्दै  २० हजार दिएका छौ ।

 नगद वितरणमा  गाउँपालिका अध्यक्ष कुमारजंग याखा, उपाध्यक्ष बिन्द्र राई, सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता बाल कृष्ण राई, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, कार्यपालिका सदस्य सञ्च राई लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

 यसैगरि आज वडा नं। ८ का मृतकका परिवारलाई र वडा नं। ९ का  कोभिड पोजेटिभ ४३ जनालाई  रकम वितरण गरिने उपाध्यक्ष विन्द्र राईले जानकारी दिनुभयो । 

 उहाँका अनुसार स्थानीय सरकारको पहिलो दायित्व आफ्ना जनताहरूलाई सुरक्षित राख्नु रहेको र वाँचियो र बचाइयो भने मात्र हामीले गरेको विकासको प्रतिफल उपभोग गर्न सकिने भएकाले जनताको स्वास्थ्यलाई ख्याल गर्दै  स्वास्थ्यलाभको कामना सहित नगद वितरण गरेको हो ।