धनकुटा । लेडि जेसिज धनकुटाले विपन्न बालबालिकाहरूकालागि पाठ्यपुस्तक वितरण गरेको छ ।

जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो भन्दै जेसिज  गाउँमा रहेका विध्यार्थीहरूलाई पढाईमा शहज पुर्याउने उद्देश्यले पाठ्पुस्तक वितरण गरेको लेडी जेसिज धनकुटाकि बर्ष २०२१ कि अध्यक्ष बिसिखा श्रेष्ठले जानकारी दिनुभयो । 192728450_503319707672027_2706275563115199963_n

असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने भएकोले धनकुटा लेडी जेसीज द्वारा निर्मित जेसीज गाउँमा रहेका १६ जना अति नै विपन्न बर्गका विध्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको हो । 

 वितरण गरिएका पाठ्यपुस्तकहरूमा आवश्यक किताब, कपि रहेका छन् ।