सरकारले आगामी असार १ गतेबाट बिद्यालयतहका कक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुबिचकाे छलफलले वैकल्पिक विधि प्रयोग गर्दै नयाँ शैक्षिक शत्रका कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।

विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने छन् । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यवस्था मिलाउने शिक्षा मन्त्रालयले बताएकाे छ ।