धनकुटा  । धनकुटा अस्पताल परिसरमा  सेना र सशस्त्रले कोभिड संक्रमितका कुरुवा बस्न शहज होस भन्ने उद्देश्यले टेन्ट बनाई दिएको छ ।

अस्पताल अगाडि नै टेन्ट बनाईए पछि संक्रमितका आफन्तहरूलाई पानि झरि, हावा हुरिमा पनि सामाजिक दुरि कायम गरेर समय कुर्न शहज भएको छ ।

  धनकुटा अस्पतालमा कोरोना संक्रमितको कुरुवालाई बस्न सजिलो होस् भनेर नेपाली सेना र सशस्त्र प्रहरीले उक्त टेन्ट लगाइदिएको हो । 

यतिबेला धनकुटामा कोरोना संक्रमित विरामीहरुको सख्या बढिरहेको छ । 

 बिरामि बढेसँगै अस्पतालमा उपचार गराउन आउनेहरुको संख्यामा पनि बृद्दि भएको छ । 

 विरामि बढेसँगै संक्रमितका कुरुवाहरुलाई बस्न समस्या देखिएकाले संक्रमण दर नबढोस र बस्न पनि शहज होस भन्ने उद्देश्यले नेपाली सेनाको बरख गण धनकुटा सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ धनकुटाले धनकुटा अस्पतालमा एकएक वटा ट्रेन्ट लगाइदिएको छ ।

विरामीको कुरुवाहरुलाई बस्न समस्या भएपछि धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विसकर्मा लगायतको अनुरोधमा कोरोना संक्रमितहरुको कुरुवाहरुको लागि उक्त ट्रेन्ट नेपाली सेना र सशस्त्र प्रहरी बलले लगाई दिएको हो ।

वरख गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापाको निर्देशनमा नेपाली सेना र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ धनकुटाका गुल्मपति रामचन्द्र श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीहरुले छुट्टाछुट्टै एक एक वटा ट्रेन्ट लगाइदिएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विशकर्माले  जानकारी दिनुभयो ।