तपाई कुनै पनि युवतीको अनुहार नभई उनको हातको औंला हेरेर निर्णय लिनुहोला । समुन्द्र शास्त्र अनुसार औँला हेरेर तपाईले युवतीको बारेमा थाहा नभएको कुरा थाहा पाउन सक्नुहुन्छ।

लामो औँला भएको-समुन्द्र शास्त्र अनुसार युवतीको औँला गोलो वा लामो भएमा उनी आफै भाग्यशाली हुन्छे । साथै आफ्नो श्रीमानको लागि पनि भाग्यमानी हुन्छिन्।

छोटो औँला भएको- यदि कुनै युवतीको औँला छोटो छ भने तपाईले बिहे गरेपछि बचत गर्न सक्नु हुँदैन। किनकि यस्तो युवती अलि धेरै खर्च गर्ने खालको हुन्छ।

हातको माथिल्लो भागमा कपाल- युवतीको हातको माथिल्लो भागमा कपाल भएमा युवती बिहेको लागि अशुभ मानिन्छ। यस्तो कन्याले जीवनमा निकै समस्या गर्नु पर्नेछ।

-औँलाको अघिल्लो भाग पातलो- यदि केटीको औंलाको अगाडि भाग पातलो छ र सबै भागहरू बराबर छन् भने यो वैवाहिक सुख र शान्तिको दृष्टिकोणबाट राम्रो मानिन्छ।