इटहरी । कोरोना कहरका कारण जारी निशेधाज्ञाको समयमा अतीविपन्न ४६ परिवारलाई द साल्भेशन मिसन इटहरीले खाद्यन्न वितरण गरेको छ । 

लामो समय सम्म निशेधाज्ञाका जारी रहेको कारण कोहीपनीे भोको नहोस भनेर खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो । IMG-20210606-WA0006

 दैनिक ज्वला मजदुरी गरेर छाक टार्दै आएका इटहरी नगरपालिका वार्ड नम्वर एक,दुई,चार,पाचँ र सात,आठका अति विपन्न ४६ घर परिवारका लागी चामल २५ केजी दाल २ केजी,तेल १ लिटर,चिनी १ केजी र नुन १ केजीका दरले वितरण गरेको द साल्भेशन मिसनका अध्यक्ष मिन मगरले बताए । IMG-20210606-WA0002

कोरोना कहरका कारण कोहीपनी भोकै बस्नु नपरोस भन्दै हामीले पनी केही सहयोग पु¥याउने उद्धेश्यले खाद्यान्न सामाग्री वितरण गरिेएको अध्यक्ष मगर जानकारी दिए । 

यो भन्दा अगाडी इलाका प्रहरी कार्यालय तथा डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका लागि सेनेटाइजर ,मास्क , पञ्जा सहित खाजा वितरण संक्रमितहरुको घरघरमा सेनेटाइजर समेत गरेको वताइएको छ ।

राहत वितरण कार्यक्रममा द साल्भेशन मिसनका सल्लाहकार रितेश श्रेष्ठ, कमल राना मगर,दिपक तामागं,वर्णवास गहतराज लगायतको सक्रियतामा वितरण गरिएको थियो ।