धनकुटा । कोभिड संक्रमितको उपचारमा शहज पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय धनकुटाले जिल्ला अस्पताल धनकुटालाई जेनेटर दिएको छ । 

उक्त जेनेटर कोभिड पछि फिर्ता गर्ने सर्तमा डिभिजन वन कार्यालय धनकुटाले अस्पताललाई दिएको जनाएको छ ।

  १५ किलो वार्ड क्षमता भएको उक्त हेभि किरलोस्कर ग्रिन नांमक जेनेटरले १ सय ५० घरलाई बत्ति बाल्न पुग्ने डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत मेघराज राईले जानकारी दिनुभयो।

उहाँका अनुसार आफु पिसिआर परिक्षणकालागि गएको बखत जिल्ला अस्पताल धनकुटाको पिसिआर ल्यावमा विधुत अभावका कारण पिसिआर परिक्षणकालागि परिक्षण ल्याव मै धेरै समय कुर्नु परेकाले पिसिआर ल्यावको व्याकअफ लगायतका लागि भन्दै जिल्लावासिहरूको स्वास्थ्य र समयलाई मध्यनजर गर्दै शहज रूपले विधुत अवरूद्द समयमा पनि पिसिआर परिक्षणमा निरन्तरता दिनको लागि भन्दै जेनेटर दिएको हो ।

पिसिआर मेसिनमा निरन्तर लाईन जडान नहुदा पिसिआर परिक्षण गर्न समस्या भएकाले जिल्लामा पटक  पटक बिधुट कटौति हुने समस्या रहेकाले पिसिआर परिक्षणमा समस्या नहोस भन्ने उद्देश्यमरका साथ ल्याईएको जेनेटर मर्मत पश्चात पिसिआर परिक्षणमा शहज हुने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो ।