मोरगं । कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै  क्विक रेस्यु टिम नेपालले  रंगेली कोविट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

 पछिल्लो समयमा स्वास्थ्य संस्था , आइसोलेसन ,संक्रमितहरुको घर मानिसहरुको चहपहल वढी हुने अन्य सार्वजनिक स्थानहरुमा सेनेटाइजर गर्ने  अभियान  समेत  जारी राखेको छ ।

  क्विक रेस्यु टिम नेपालले  सेनिटाईजर माक्स, पिपि लगायता  गरि ७० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ । 

 कोरोना रोकथाम नियन्त्रणमा सवैको पहल महत्वपुर्ण हुने तर्फ मध्यनजर गर्दै विभिन्न अभियान समेत   सञ्चालन गर्दै आएको छ । 

 पछिल्लो समयमा मोरगंको जहदा ,कटारी , धनपालथान , रंगेली  लगायतका स्थानीय तहमा पुगेर अस्पतालहरुमा सेनेटाइजर गर्ने देखि  मास्क ,सेनेटाइजर , पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको टिमका अध्यक्ष  विक्रम एक्तेनले जानकारी दिए । 

 सो अभियानमा इसाई समाज प्रदेश नम्बर १का उपाध्यक्ष विनोद मुर्मले महत्वपुर्ण सहयोग गरेको समेत अध्यक्ष  एक्तेनले वताए ।

  क्विक रेस्यु टिम नेपालले पुर्वी पहाडी क्षेत्रहरु समेत पुगेर सेनेटाइज गर्ने र संक्रमितहरुलाई स्वास्थ्य सामाग्री सानो अक्सिजन समेत उपलव्ध गराउदै आएको छ ।