इटहरी । विभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारी रहेकाहरुलाई पारिवारीक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरी २ मा रहेको मायाघर नेपाललाई लमहीबाट आप्mनो छोराको स्मृतिमा एक दमपतीले एक लाख भन्दा वढी नगद सहयोग उपलव्ध गराएका छन ।
दागंको लमही ५ देउखुरीका रामबहादुर केसी र लिला केसीले आप्mनो छोरा मनकुमार केसीको स्मृतिमा एक लाख पाँच हजार सहयोग रकम उपलव्ध गराएका हुन ।
माया घर नेपालले मानसिक रोगी सहित सडक क्षेत्रबाट उद्धार गरी ल्याएका मानिसहरुलाई संरक्षण गर्दै आएको छ ।
यसरी उदाहरणीय सामाजिक कार्य गर्ने माया घर सञ्चालनका लागि दाताहरुले सहयोग गर्दै आएको वताउदै माया घर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले दागंको लमहीबाट केसी दम्पतीले वैकं खातामा रकम जम्मा गरिएको र यो रकमले सस्था सञ्चालनमा ठुलो सहयोग पुग्ने जानकारी दिनु भयो ।
आश्रय विहीनहरुलाई संरक्षण दिदै आएको माया घर नेपालमा आश्रीतहरुका लागि लकडाउनको समयमा समेत सुरक्षीत तरिकाले संरक्षण गरिदै आएको जनाइएको छ ।




















