मोरगं । कोरोना नफैलियोस भनेर लगायइएको निशेधाज्ञाका कारण सहज रुपमा बजारमा तरकारी पाउन छोडेपछि जगंल आसपासका मानिसहरु जगंल गएर निगुरो,जिव्री साग टिपेर छाक टार्न थालेका छन ।
मोरगंको बेलवारी आसपासका मानिसहरु बेलवारीका जगंलमा तरकारीको गर्जो टार्न निगुरो टिप्न जान थालेका हुन ।
कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर लगाइएको निषेधाज्ञाको समयमा बजारमा सहज रुपमा तरकारी नपाउने तथा पाइएपनि अधिक महंगो भएको कारण जगंलमा निगुरो टिप्न आएको बेलबारी इमानसिहं चौककी अम्वीका सुयल वताउछिन । 
उनले बेलवारीमा रहेको चारकोशे झाडी क्षेत्रको जंगलमा धेरै निगुरो हुने भएकाले विक्री गर्नेहरुले समेत टिपेर लाने गरेपनि आफुहरु लकडाउनको समयमा कहिलेकाही छाक टार्नका लागि मात्र आउने गरेको जानकारी गराईन । 
निशेधाज्ञाका कारण बजारमा सहज रुपमा तरकारी लिन जान नसकिने तथा तथा आफुहरु पनि काममा जान नपाएर त्यसै बस्नु परिरहेको समयमा पारेर निगुरो टिप्न आउने गरेको जयवहादुर रम्तेल वताउछन ।
निम्म आर्य भएका मानिसहरु काममा जान नपाउदा दैनिक रुपमा चाहिने उपभोक्य तरकारी किनेर खान पनि समस्या हुने गरेका कारण समेत निगुरो टिप्ने आउने गरेको उनीहरु सुनाउछन ।
मोरगंको बेलबारी , कानेपोखरी , पथरी , लेटागं लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो तथा जिब्री साग यस क्षेत्रको कतिपय मानिसहरुको रोजगारीको माध्यम समेत बन्ने गरेको छ ।




















