इटहरी । इटहरी उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले जथाभावी अनुगमन गरेको भन्दै औषधी व्यवसायीले गरेको आन्दोलनको विषयमा नागरीक समाज इटहरीले उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझएको छ ।
नगर प्रमुख द्धारिकलाल चौधरीलाई अध्यक्ष सन्त बहादुर डुम्जन सहित पूर्व अध्यक्षहरुको उपस्थितिमा नागरीक समाजले ध्यानाकर्षण पत्र बुझएको हो ।
उपमहानगरले विज्ञ तथा अन्य संवन्धीत निकायको अनुपस्थितमा नै अनुगमन गरेरे पसल बन्द गरेको र उपमहानगरमा त्यस विषयमा बसेको बैठकमा उमपेयर लक्ष्मी गौतमले गैर जिम्मेवारी पूर्ण व्यवहार देखाएका भन्दै इटहरीका औषधी व्यवसायीले जेठ २० गते सबै पसलहरु बन्द गरेका थिए । 
सोहि विषयमा नागरीक समाजले ध्यानाकर्षण पत्र बुझएको हो ।
पत्रमार्फत् नागरीक समाजले यस्तो अवस्थामा स्वास्थ्य संस्था बन्द गर्नु अभिषाप भएको भन्दै त्यो नगर्न व्यवसायीलाई अनुरोध गरेको छ ।
यो बाट गल्ति भएको त्यस विषयमा छानविन गरि आवश्यक कानूनी कारबाही गर्न नागरीक समाजले दवाव दिएको छ ।
यस्तै २० गतेको छलफलमा उपप्रमुख लक्ष्मी गौतमले नागरीक समाजको मर्म भावना नबुझी आफ्नो बक्तव्य दिएको भन्दै छलफलको क्रममा भएको प्रतिकुल परिस्थितिप्रति पनि नागरिक समाजको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
२० गते दिनभर बन्द भएका औषधी पसलहरु नागरीक समाजले अनुरोध गरेपछि सोहि दिन ४ बजेबाट पूर्ण रुपमा सञ्चालनमा आएका थिए ।




















