इटहरी । कोरोना रोकथाम नियन्त्रणमा सवैको पहल महत्वपुर्ण हुने तर्फ मध्यनजर गर्दै विभिन्न अभियान सञ्चालन गर्दै आएको क्विक रेस्यु टिम नेपालले जोखिमपुर्ण स्थानमा पुगेर सेनेटाइज गर्ने साथै स्वास्थ्य सुरक्षा सामाग्री वितरण अभियान जारी राखेको छ ।

    कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै स्वास्थ्य सुरक्षा समाग्री वितरण अभियान थालेको क्विक रेस्यु टिम नेपालले पछिल्लो समयमा स्वास्थ्य संस्था , आइसोलेसन ,संक्रमितहरुको घर मानिसहरुको चहपहल वढी हुने अन्य सार्वजनिक स्थानहरुमा सेनेटाइजर गर्ने अभियान जारी राखेको हो ।193746398_2025954097558937_2550155980281149655_n 2

  पछिल्लो समयमा मोरगंको जहदा ,कटारी , धनपालथान , रगेंली लगायतका स्थानीय तहमा पुगेर सो क्षेत्रमा रहेका अस्पतालहरुमा सेनेटाइजर गर्ने देखि लिएर सशस्त्र प्रहरी वल सुरक्षा क्याम्पमा पुगी मास्क ,सेनेटाइजर , पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको टिमका अध्यक्ष  विक्रम एक्तेनले जानकारी दिए ।195710059_2025954027558944_2827533725855442871_n 2

 सो अभियानमा इसाई समाज प्रदेस नम्बर १का उपाध्यक्ष विनोद मुर्मले महत्वपुर्ण सहयोग गरेको समेत अध्यक्ष  एक्तेनले वताए । 

क्विक रेस्यु टिम नेपालले पुर्वी पहाडी क्षेत्रहरु समेत पुगेर सेनेटाइज गर्ने र संक्रमितहरुलाई स्वास्थ्य सामाग्री सानो अक्सिजन समेत उपलव्ध गराउदै आएको छ ।