इटहरी । कोरोना कहरका कारण निशेधाज्ञाको समय वढीरहेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न तथा असक्त परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले खाद्यान वितरण अभियान  जारी राखेका छन ।

  गत २ गते देखि सभापति गुरुगंले रोगसंगै जिल्लावासीले  भोकका कारणले ज्यान गुमाउनु नपरोस भनेर खाद्यान्न वितरण अभियान सञ्चालन गर्दै आएका हुन ।193414279_1934270243390067_8543113423659527515_n

  अहिलेको विसम परिस्थीतीमा कसैको घरमा पनि चुलो वल्न नरोकियोस भनेर सभापति गुरुगंले आफनो घरमा आउनेहरुलाई चामल ,दाल , तरकारी , नुन जस्ता खाधान्न वितरण गर्दै आएको तथा घर सम्म आउन नसक्नेहरुका लागि सम्र्पक गर्नेहरुलाई उनीहरुको घर सम्मै पुर्याउदै आएको वताए । उनले हाल सम्म अति विपन्न परिवारका ७ सय ५० परिवारलाई खाधान्न राहत उपलव्ध गराइसकेको समेत जानकारी गराए ।195265244_247280110488143_4192555157725043600_n

  विपदको समयमा जिल्लावासीलाई राहत सामाग्रीका साथै अन्य सहयोग समेत गर्दै आएका गुरुगंले कोरोना कहरका कारण निशेधाज्ञा सुरु भए देखि आफनो घरको मुल गेटमा तपाई खाद्य संकटमा हुनु हुन्छ आउनुस बाडेर खाँउ नारा लेखेर विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न लिन आउन समेत सहज वनाएका छन । 

  गुरुगंले कोरोना कहरका समयमा खाद्यान्न वितरण साथै स्वास्थ्य सुरक्षा सामाग्री वितरणलाई समेत प्राथमिकतामा राखेर कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यलाई सहयोग पुर्याउदै आएका छन ।