धनकुटा  । कोरोना महामारीमा कोई पनि भोकै नबसौं भन्ने मुल नाराका साथ अभियानका रूपमा एरिना टेलिभिजन ईटहरीले धनकुटा नगरपालिका स्थित विश्रान्ति मन्दिर वृद्दा आश्राममा राहत वितरण गरेको छ ।
मुलुकभर तीब्र रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण न्युनिकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आश्रममा रहेका ज्येष्ठ नागरिक बालबलिकाहरूलाई खाध्यान्यको समस्यामा नहोस भन्ने उद्देश्यले विहिबार आश्रमा खाद्यान्न वितरण गरेको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले जानकारी दिनुभयो ।snapshot_028
विपि कोईराला प्रतिस्ठानका डाक्टर सहित निर्देशक आफै गएर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गर्दै राहात स्वरूप खाध्यान्न वितरण गरेको हो ।
    वितरण गरिएका खाध्यान्नहरूमा भुजा १ बोरा, दाल १ सय किलो, रमपम बिस्कुट १ काटुन, मसला, तेल, चिनिलगायत रहेका छन् । IMG-20210603-WA0011
  दोस्रो चरणको निषेधाज्ञाकाका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोर्पाजन गर्दै आएका ब्यक्तिहरुको घरमा चुलो ननिभोस र कोहि पनि भोकै बस्नु नपरोस भन्दै अभियान कै रूपमा सुनसरि स्थित ईटहरिमा पनि खाद्यान्न बितरण गरिरहेको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक कार्कीले बताउनु भयो ।192716688_878728449347897_7782121794193177297_n
   सुनसरीको इटहरी बाट सुरु गरिएको यो अभियान प्रदेश एक भरि नै पुर्याउने कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगनमि दिनमा अति बिपन्न १ हजार घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिने छ ।
एरिना टेलिभिजनले स्थापना कालदेखि नै बिभिन्न समयमा बिपदमा परेकाहरुको सहयोग गर्दै आएको छ ।
    खाध्यान्न वितरण कार्यक्रममा बोल्नुहुदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक कार्कीले आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
आश्रमकि निर्मला दिदिलाई एक कार्याक्रममा सात उक्त सामाग्रि आश्रममै पुगेर निर्देशक आफैले वितरण गर्नु भएको हो ।