इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले औषधि पसलमा अनुगमन गरेपछि औषधि व्यवासयी आन्दोलित भएका छन् । बुधबार इटहरी उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले इटहरीका औषधिकाे अनुगमन गरेकाे थियाे ।received_1561431810728977

अनुगमनका क्रममा एक वर्षभन्दा कम उमेरका शिशुलाई खुवाउने ‘सनलाइट डि थ्रि’ नामक औषधिको उत्पादन मिति केरमेट गरेको पाइएकाे थियाे । त्यस पश्चात अनुगमन टोलीले सामुदायिक अस्पताल र कलश पोलिक्लिनिक तथा यसको थोक विक्रेता ‘एरव मेडिकोस् एण्ड ट्रेडिङ’मा ताला लगाएको थियो । यसरी अाैषाधि पसल बन्द गरेपछि सर्वसाधारणले भने दुख पाएका छन् । काेराेना कहरका बेलामा यसरी अाैषधि पसल समेत बन्द भएपनि अाम इटहरी बासि दिनभर ताताे घाममा अस्पताल तथा मेडिकल अगाडि उभिएका छन् । उनिहरू भन्छन राजनितिक प्रभावले हामि सर्व साधरणलाई कति सम्म दुख दिने ? यस्ताे महामारीका बेलामा सामान्य स्वास्थ्य सुरक्षा समेत नपाउदा उनिहरू गुनासाे गर्दछन् ।
received_198554898784537
अनुगमन टोलीले जथाभावी अनुगमन गरेको भन्दै औषधि व्यवासयी आन्दोलित भएका छन् । बिहीबार उपमहानगरमा त्यस विषयमा बैठक बसेकाे भएपनि त्यसले कुनै समाधान निकालेकाे छैन् । औषधि व्यवासयीले पसल नै बन्द गर्ने चेतावनी दिएका छन् । बैठकमा उपमहानगरले नै गैरजिम्मेवारीपूर्ण जवाफ दिएकाले आफूहरुले बन्द गर्ने निणर्य गरेको औषधि व्यवासयीहरुले बताएका छन् ।