इटहरी । कोरोना कहरका कारण जारी निशेधाज्ञाको समयमा समेत फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई इटहरीमा द साल्भेशन मिसन इटहरीले स्वास्थ्य सुरक्षा सामाग्री सहित तत्कालिन खाजा वितरण गरेको छ ।

   निशेधाज्ञाको समयमा समेत डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका लागि सेनेटाइजर ,मास्क , पञ्जा सहित तत्कालिन खाजाका रुपममा विस्कुट चाउचाउ जुस र पानी द साल्भेशन मिसन इटहरीले वितरण गरिएको हो ।IMG-20210602-WA0012

  विपदको समयमा मानवीय सेवाका  लागि स्वास्थ्य सुरक्षा सामाग्री सहित प्रहरीहरुलाई खाजाको व्यवस्था गरिएको मिसनका अध्यक्ष मिनकुमार मगरले जानकारी दिए । अन्य समयमा पनि सामाजिक कार्यमा मिसन सक्रिय रहदै आएको समेत उनले वताए ।

  मिसनले इटहरी क्षेत्रमा रहेका प्रहरी विटका प्रहरीहरुका लागि पानी ,खाजा, र सेनेटाइजर ,मास्क त्यसै गरी इलाका प्रहरी कार्यालयमा समेत वितरण गरेको छ । 193666872_178848224240676_724991780530812606_n

 सडक क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु नेपाल प्रहरी ,ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरीहरुलाई पानी ,खाजा जुस र सेनेटाइजर मास्क समेत उपलव्ध गराएको थियो भने कोरोना बाट बच्ने सन्देश मुलक पर्चा समेत टासेका थिए ।

  निशेधाज्ञाको समयमा समेत काममा खटिने सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहित खाजा वितरण गरिनु राम्रो काम भएको स्थानीय रितेश श्रेष्ठले वताए ।191580938_178848010907364_9158307117293359310_n (1)

   मिसनले इलाका प्रहरी कार्यालयलाई समेत स्वास्थ्य सुरक्षा सामाग्री मास्क ,पञ्जा , सेनेटाइजर लगायतका सामाग्रीहरु उपलव्ध गराएको जनाइएको छ ।

   कोरोना कहरका कारण विसम परिस्थीती रहेको समयमा बाटोबाटोमा खटिएका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्ष सामाग्री सहित खाजाको व्यवस्था गरिनु प्रशषा योग्य कार्य भएको स्थानीय वताउछन । 

  द साल्भेसन मिसनले इटहरीको वडा नम्बर १का संक्रमितहरुको घरघरमा सेनेटाइजर समेत गरेको वताइएको छ ।