धनकुटा । एमाले धनकुटाका अध्यक्ष एवं निवर्तमान संघिय सांसद राजेन्द्र कुमार राईले जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ । 

बढ्दै गईरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै करिब २५ लाख बराबरको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्मालाई अस्पताल मै गएर उक्त समाग्री हस्तान्तरण गर्नु भएको हो । 

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रिहरूमा पिपिई सेट, अक्सिजन नाप्न प्रयोग गरिने पल्स अक्सिमिटर,अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर १५ थान, कोरोना परिक्षण गर्न प्रयोगशालामा प्रयोग हुने आरटी पिसिआर किट पाँचसय थान, स्वाव संकलनमा प्रयोग हुने भिटियम किट ६ सय थान, एन्टिजेन किट १ सय थान, सर्जिकल र एननाईन्टिफाईब मास्क,सेनिटाईजर, ग्लोव लगायत रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । 192150137_2683645108594392_7103365330858239301_n

 जिल्ला वासिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै जनतालाई स्वास्थ्य सेवाको पहुच पुर्याउने उद्देश्यले अस्पताललाई आवश्यक सामाग्री स्वास्थ्य मन्त्रालयलमा पहल गरि उपलब्ध गराएको अध्यक्ष राईले जानकारी दिनुभयो । 

सबै नागरिकले शहज रूपमा स्वास्थ्य उपचार पाउनु पर्छ कसैको पनि उपचार अभावका कारण मृत्यु नहोस भन्ने उद्देश्यले अध्यक्ष राईले अघिल्लो बर्ष पनि जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नु भएको थियो ।