धनकुटा । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने नाराका साथ धनकुटा लेडि जेसिजले आईसोलेसनमा बसेका कोभिड संक्रमित बिरामीहरुलाई स्वास्थ्य सामाग्री र खाजा वितरण गरेको छ ।
कोभिड(१९ को संक्रमण तीव्र रुपमा फैलिदै गएको अवस्थामा आईसोलेसनमा रहेकाहरुका लागी केही सहयोग पुगोस् भनेर संक्रमितहरूलाई स्वास्थ्य सामाग्री र खाजा वितरण गरेको लेडि जेसिज धनकुटाका बर्ष २०२१ कि अध्यक्ष विसिका श्रेष्ठले जनकारी दिनुभयो । 

धनकुटामा विगतको भन्दा संक्रमणदर बढ्दै गएको अवस्थामा पनि सुरक्षा सर्तकता अपनाउदै समाजमा केही सहयोग गुगोस भनेर सुरक्षित तरिकाले मानवताको सेवा गरेको हो ।
उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा यन्गिन योन्जनले सहयोग गर्नु भएको लेडि जेसिज धनकुटाले जनाएको छ ।




















