इटहरी । कोरोना संक्रमण दिनप्रतिदिन वढी रहेको तर्फ मध्यनजर गर्दै माइती नेपाल परामर्श तथा पुनरस्थापना केन्द्र इटहरीले इटहरी वडा नम्बर २ लाई विपन्न परिवारहरु लाई विरतरणका लागि केही स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको छ ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि प्रयोग गरिने मास्क ,सेनेटाइजर , फेसशिल्ड उपलव्ध गराएको हो । 
इटहरी उपमहानगरपालिका वडा नम्बर २का वडाध्यक्ष हर्कवहादुर मगरलाई केन्द्रकी संयोजक सुनिता कार्कीले ५ लिटर सेनेटाइजर , एक हजार पिस मास्क , २ सय थान पञ्जा र १२ थान फेसशिल्ड उपलव्ध गराएको वताइन ।
इटहरी क्षेत्रमा माइती नेपाल इटहरीले अन्य समयमा समेत सामाजिक सेवाका कार्यमा सक्रियताका साथ सहभागिता जनाउदै आएको छ ।




















