मोरगं । खाना पकाउने ग्यास लिक भएर लागेको आगलागीबाट पिडीत वनेका मोरगंको सुन्दरहरैचा ३मा भाडामा बस्दै आएका दुर्गाबहादुर पराजुलीलाई उद्योग वाणिज्य संघ सुन्दरदुलारीले राहत सामाग्री उपलव्ध गराएको छ ।
आइतबार विहान खाना पकाउने ग्यास लिक हुँदा मनकुमार घितालको घरमा भाडामा वस्दै आएका दुर्गावहादुर पराजुलीको खाद्यान्न लता कपडा लगायतका सामाग्रीहरु जलेर नष्ट भएकाले उद्योग वाणिज्य संघ सुन्दरदुलारीले तत्कालिन राहत सामाग्री वितरण गरेको हो । 
आगलागीबाट दुईवटा कोठामा रहेका घरायसी सामानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा ७ लाख वरावरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
आगलागीबाट पिडित वनेका पराजुली परिवारका लागि उद्योग वाणिज्य संघले खाद्यान्न , भाडाँ , ओढ्ने ओछ्याउने , ग्यास चुलो लगायतका तत्काल आवश्यक पर्ने सामाग्रीहरु उपलव्ध गराएको उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोरकुमार कार्कीले जानकारी दिए । 
राहत सामाग्री वितरण गर्ने क्रममा उद्योग वाणिज्य संघ सुन्दरदुलारीका सचिव तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष जीवन प्रसाद ढुंगाना लगायतको सहभागिता रहेको थियो ।




















