मोरगं । कोरोना संक्रमण नफैलियोस भनेर मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३मा संक्रमितहरुको घरघरमा सेनिटाइज गर्न थालिएको छ ।
संक्रमण दिनप्रतिदिन वढी रहेको तर्फ मध्यनजर गर्दै आफनो वडामा संक्रमण नफैलियोस भनेर वडाध्यक्ष जीवन प्रसाद ढुंगानाको पहलमा वडा क्षेत्रमा सेनिटाइज गर्न थालिएको हो ।
कोरोना कहरका समयमा समेत वडावासीहरुलाई जनप्रतिनिधिको उपस्थितीमा आफनो वडामा राम्रो रहेको प्रमाणित गर्दै स्वास्थ्यकर्मी सहित पौषष्टिक आहार ,स्वास्थ्य परिक्षण समेतमा प्रत्यक्ष सहभागी हुदै आएका वडाध्यक्ष ढुंगानाले पछिल्लो समयमा संक्रमितहरको घरघरमा सेनेटाइज गराउन थालेका हुन ।
ढुंगानाले मानिसबाट मानिसलाई सहज रुपमा सर्ने कोरोना कहरका समयमा समेत वडावासीहरुका लागि आफनो प्रत्यक्ष सहभागितामा स्वास्थ्य सुरक्षाका लागि काम गर्दै आएको वडावासीहरु वताउछन ।




















